FAQs Complain Problems

३९ अाै राष्ट्रिय शिक्षा दिवस तथा अन्तराष्ट्रिय साक्षरता दिवस

सिद्ध कुमाख गाउँपालिकाले "समाजबाद उन्मुख समृद्ध राष्ट्र निर्माणको अाधार, दक्ष जनशक्ति विकास एवम् दिगो शैक्षिक पूर्वाधार" भन्ने मुल नाराका साथ ३९ अाै राष्ट्रिय शिक्षा दिवस तथा अन्तराष्ट्रिय साक्षरता दिवस भव्यताका साथ मनाएकाे छ । सिद्ध कुमाख गाउँपालिकाका अध्यक्ष चित्र बहादुर चलाउनेकाे सभाअध्यक्षातामा सुरू भएकाे कार्यक्रमामा गाउँपालिका उपाध्यक्ष पुष्पा कुमारी बाेहरा, प्रमुख प्रशासकीय अधिकृत हरिजंग चन्द, २ नं. वडाध्यक्ष रूद्र बुढाथाेकी, ३ नं. वडाध्यक्ष शालिकराम बुढाथाेकी , गाउँपालिका भित्रका विभिन्न विद्यालय बाट पाल्नु भएका प्र.अ., विद्यार्थीहरू लगायतकाे उपस्थिति रहेकाे थियाे ।कार्यक्रमका अवसरमा निमावि स्तरिय र मावि स्तरिय हाजिरीजबाफ प्रतियाेगिता राखिएकाे थियो। निमावि स्तरिय हाजिरीजबाफ प्रतियाेगितामा सहभागि सिद्ध कुमाख गाउँपालिका भित्रका विभिन्न विद्यालयका ११ वटा समुह मध्ये निराजन मावि ढाेरचाैर प्रथम, हिमालय अाधारभूत डाँडाकटेरी दाेस्रो र नेपाल राष्ट्र मावि बडाकाँडा तेस्रो भएका थिय भने मावि स्तरिय हाजिरीजबाफ प्रतियाेगितामा सहभागि गाउँपालिकाका ५ जटा माविबाट सहभागि ५ वटा समुह मध्ये महेन्द्र अादर्श मावि बाँझकाडा प्रथम, नेपाल राष्ट्र मावि बडाकाँडा दोस्रो र देउराली मावि कुइयाँझोल तेस्रो भएका थिय । कार्यक्रममा विजयी समुहहरूलाइ पुरस्कार सहित प्रमाण पत्र प्रदान गरिएकाे थियो । यसै कार्यक्रमका विच यस गाउँपालिका भित्रका विद्यालयमा कार्यरत १ जना शिक्षकलाइ सर्वोउत्कृट शिक्षक घोषना समेत गरिएकाे थियो । सर्वाेउत्कृष्ट हुनेमा निराजन मावि ढाेरचाैरका प्र.अ. धर्मराज घर्ती पर्नुभएकाे छ । उहाँलाइ नगत पुरस्कार सहित प्रमाण पत्र प्रदान गरिएकाे छ । कार्यक्रममा बोल्दै उहाँले अाफु सम्मानित हुन पाएकाेमा खुशि व्यक्त गर्नुभयो र अरू शिक्षकहरूलाइ पनि निरन्तर सेवामा लाग्न अाग्रह गर्नुभयो । कार्यक्रमलाइ समापन गर्दै अध्यक्ष चित्र बहादुर चलाउनेले शिक्षाको क्षेत्रलाइ माथि उकास्न कितावी ज्ञान मात्र नभएर अतिरिक्त क्रियाकलापमा जाेड दिनुपर्ने बताउनुभयो । गाउँपालिका भित्रबाट उत्कृष्ट हुने शिक्षक तथा विद्यार्थि दुवैलाइ उहाँले सम्माण गर्ने जनाउनु भयो । यस अघि नै यस गाउँपालिकाबाट पुर्ण छात्रवृतिमा पर्नुभएका रविना थापा र चन्द्रा चलाउनेलाइ बधाइ समेत ज्ञापन गर्नुभयो । शिक्षा शाखा प्रमुख मेघराज गाैतमले स्वागत मन्तव्य राखेकाे कार्यक्रमको संचालन सुचना प्रविधि अधिकृत भिम भण्डारीले गर्नुभएकाे थियो ।

आर्थिक वर्ष: