FAQs Complain Problems

सिद्ध कुमाख गाउँपालिका दोस्रो अध्यक्षकप पुरूष तथा महिला भलिवल प्रतियोगिता २०७६ सम्पन्न

राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद भन्ने मुल नाराका साथ मिति २०७६ जेष्ठ १७ गतेदेखि सुरू भएको सिद्ध कुमाख गाउँपालिका दोस्रो अध्यक्षकप पुरूष तथा महिला भलिवल प्रतियोगिता २०७६ सम्पन्न भएको छ । दोस्रो अध्यक्ष कपमा भलिवल खेल मात्र खेलाइएको थियो भने सो खेलमा सिद्ध कुमाख गाउँपालिक भित्रका ५ वडाहरू बाट जम्मा ९ वटा पुरूप खेलाडीको टिम र ६ वटा महिला खेलाडीको टिमले सहभागिता जनाएका थिए । खेलाडीहरू राष्ट्रको गहना भएको हुदाँ खेलप्रति हृदयदेखि लागेर देशलाइ चिनाउने खेलाडीहरूको लागि गाउँपालिका सधै तयार भएर लाग्ने गाउँपालिका अध्यक्ष चित्र बहादुर चलाउनेले बताउनु भएको थियो ।
उक्त खेलकुद प्रतियोगिताबाट बिजयी हुन सफल खेलाडीहरुलाई गाउँपालिका अध्यक्ष तथा प्रमुख अतिथि श्री चित्र बहादुर चलाउने, २ नं. वडाध्यक्ष(सामाजिक विकास समिति संयोजक) तथा विशिष्ट अतिथि श्री रूद्र बहादुर बुढाथोकी, खेलकुद विकास समितिका अध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष प्रकाश चलाउने लगाएत अतिथिहरूको हातबाट विजयी टिमहरूलाइ मेडल, कप, प्रमाणपत्र र नगद पुरस्कारले सम्मान गरिएको थियो । दोस्रो अध्यक्ष कपको प्रथम पुरस्कार पुरूष भलिवल तर्फको वडा नं. ४ ले लिन सफल भएको छ भने महिला भलिवल तर्फको वडा नं. २ ले लिन सफल भएको छ । त्यसैगरी द्धितिय पुरस्कार पुरूष भलिबलको वडा नं. २ र महिला भलिबलको वडा नं. ३ ले लिन सफल भएका छन भने तृतिय पुरस्कार पुरूष भलिबलको वडा नं. ४ र महिला तर्फको वडा नं. ३ ले लिन सफल भएका छन । पुरस्कार राशि पुरूष भलिबलको लागि प्रथम रू तिस हजार, द्धितिय रू पच्चिस हजार र तृतिय रू विस हजार रहेको थियो भने महिला भलिवलको प्रथम रू पच्चिस हजार, द्धितिय रू विस हजार र तृतिय रू पन्ध्र हजार रहेको थियो । 
दोस्रो अध्यक्ष कप सफल बनाउन सहयोग गर्ने सम्पुर्ण वडा कार्यालय, विद्यालय परिवार, सुरक्षा निकाय, सरोकारवालाहरू, खेलाडीहरू लगाएत सम्पुर्ण खेलप्रेमिहरूलाइ धन्यवाद प्रकट गर्दै सिद्ध कुमाख गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष प्रकाश चलाउनेले कार्यक्रमको समापन गर्नुभएको थियो ।

 

आर्थिक वर्ष: