FAQs Complain Problems

शैक्षिक सुधारको लागि सिद्ध कुमाख गाउँपालिकाले विभिन्न कार्यक्रम आयोजना

सिद्ध कुमाख गाउँपालिकाले शैक्षिक सुधारको लागि आधारभूत तथा माध्यमिक तहमा अध्यापन गराइरहनुभएका शिक्षकहरुलाइ विषयगत रुपमा तालिम प्रदान गरेको छ । गाउँपालिका भित्र रहेका २३ वटा सामुदायिक विद्यालयका गणित र विज्ञान विषय अध्यापन गराइरहनुभएका शिक्षकहरुलाई विषयगत तालिम र निरन्तर विधार्थी मुल्यांकन सम्बन्धी तालिम राखिएको थियो । विभिन्न चरणमा २०७५ साल चैत्र २५ गते देखि संचालन हुदै आएको शिक्षक तालिम आवश्यकता अनुसार निरन्तर रुपमा भैरहने शिक्षा शाखा प्रमुख मेघराज गौतमले बताउनु भएको छ । पुनः भोेलि १६ गते देखि थप हुनेगरी प्रारम्भिक बाल शिक्षा केन्द्रमा कार्यरत २२ जना सहयोगी कार्यकर्ताहरुको लागि ५ दिने तालिम संचालन हुने भएको छ र त्यसैगरी २१ गतेदेखि सूचना तथा संचार सम्वन्धी ३ दिने कम्प्यूटर तालिम हुनेछ । तालिममा शैक्षिक सामग्री निर्माण तथा प्रयोग, बालकेन्द्रित शिक्षण विधि तथा प्रविधि, निरन्तर विद्यार्थी मुल्यांकन, शैक्षणिक योजना निर्माण, शिक्षणमा सूचना तथा प्रविधिकाे प्रयोग लगाएतका विविध विषयमा प्रशिक्षण दिइएकाे छ । शैक्षिक सुधार गर्न र विद्यार्थीको विद्यालयमा उपस्थिति दर बढाउनको लागि सिद्ध कुमाख गाउँपालिकाले प्रत्येक विद्यालयमा दिवा खाजा संचालन, शुद्ध पानी पिउनको लागि फिल्टर वितरण, सबै विद्यालयमा इ-हाजिरी जडान, कक्षा ८ र १० मा उत्कृष्ठ हुने विद्यार्थीको लागि उत्कृष्ठ पुरस्कार, प्राबिधिक धारमा अध्यन गर्नको लागि पुर्ण छात्रवृतिको व्यवस्था लताएतका थुप्रै योजना बनाएर लागु गर्दै आएको छ । शैक्षिक शत्र २०७६ को पहिलो प्र‍.अ. बैठकमा बोल्दै गाउँपालिका अध्यक्ष चित्र बहादुर चलाउनेले विद्यालय अनुगमनलाई कडाइका साथ अघि बढाएर लैजाने बताउनु भएको छ । गाउँपालिकाले शैक्षिक सुधारको लागि गरेको लगानीको शिक्षक विद्यार्थी र अभिभावक सबै पक्षले मनन गर्नुपर्नेमा जोड दिनुभएको छ । त्यसैगरि गाउँपालिका उपाध्यक्ष पुष्पा कुमारी बोहराले विद्यालयमा विभिन्न कार्यक्रम लागु गर्नको लागि शिक्षक विद्यार्थी र अभिभावक बीच त्रिकोणात्मक सम्बन्ध सुधार हुनुपर्ने बताउनु भएको छ । विद्यार्थीहरूमा मात्र नभएर शिक्षकहररू पनि नियमितता र पारदर्शिता बनाउन गत बर्ष देखि संचालनमा ल्याइएको विधुतीय हाजिरीको नियमित अनुगमन गर्ने , तत्कालै विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ गठन गरी शिक्षा ऐन तथा निएमावली २०७४ कार्यन्वयन गर्नुपर्ने सामाजिक विकास समिति संयोजक तथा २ नं. वडाध्यक्ष रूद्र बहादुर बुढाथोकीले बताउनु भएको छ । गाउँपालिकाभित्र प्राविधिकधारको पढाइ संचालन गर्नको लागि विद्यालयहरू तयार भएमा गाउँपालिकाले नमुनाको रूपमा अघि बढाउन पुर्ण रूपमा सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेको छ ।

आर्थिक वर्ष: