FAQs Complain Problems

माला तथा ब्याजहरू खेर जालान कि भनेर नसोच्न गाउँपालिका अध्यक्ष चित्र बहादुर चलाउनेको अनुरोध

फेव्रिकको माला र व्याज बनाउने कार्यक्रम सम्पन्न
समापन कार्यक्रम केही महत्वपुर्ण विषयहरूः
१) सिद्ध कुमाख गाउँपालिकालाइ माला उत्पादन क्षेत्र बनाइ जताततै यहाँको माला खपत गर्न सकिने प्रशिक्षक मालती धितालको बिश्वास ।
२) माला तथा व्याज बनाउन सफलताका साथ सिकेको हुनाले अव सिकेको सिपलाइ वजारीकरण गरिदिन सिप सिकेका सहभागिहरूको अनुरोध ।
३) गाउँपालिकाको सहयोगमा सिप सिकाएर महिलाहरूलाइ उद्यमि बनाउनु राम्रो काम । बर्षै पिच्छे तिहार तथा अन्य कार्यक्रममा बाहिरबाट भित्रिने माला तथा ब्याजहरूको न्युनिकरण गरि यहिको उत्पादन प्रयोग गर्नुपर्नेमा नेपाल रेडक्रस ढोरचाैर शाखाका सभापति मनबिर बस्नेतको जोड । साथै फेरी कुनै पनि कार्यक्रम गर्नुपर्दा व्याज छपाउन अन्यत्र दाैडिनु नपरोस है भनेर उहाँको सुझाव ।
४) हरेक बर्षको बजेटमा महिलाहरूको जिवनस्तर माथि उकास्न र महिलाहरूलाइ उद्यमि बनाउन गाउँपालिका लागि पर्ने र यसको लागि महिलाहरूले नै अाफुलाइ कस्तो खालको सिप सिक्नु छ, सवै ठाउँबाट महिलाहरूले भन्नु पर्नेमा उपाध्यक्ष पुष्पा बोहराको अाग्रह । र सिकेको सिपलाइ निरन्तरता दिइ उद्यमि बन्न पनि अनुरोध । साथै उत्कृष्ट उद्यमीलाइ प्रोत्साहन समेत दिइने भएकाले सिकेको सिपमा निर्धक्क काम गर्न सल्लाह ।
५) तालिम सिकेका सहभागिहरूलाइ धन्यबाद दिदै अाफुले उत्पादन गरेका माला तथा ब्याजहरू खेर जालान कि भनेर नसोच्न गाउँपालिका अध्यक्ष चित्र बहादुर चलाउनेको अनुरोध । गाउँपालिका भित्रै हजाराै मालाहरू बाहिरबाट भित्रिने त्यसै गरि सानो सानो कार्यक्रम हरूमा पनि व्याज तथा माला चाहिरहने भएकाले उत्पादन गरेको माला गाउँपालिका भित्रै खपत हुने अध्यक्षको भनाइ ।

आर्थिक वर्ष: