FAQs Complain Problems

कृषि क्रान्तिबाटै सिद्ध कुमाख गाउँपालिकालाइ समृद्ध बनाउन सकिने

सिद्ध कुमाख गाउँपालिकाको ३ नं. वडा स्थित फलाँटेमा कृषि बन नर्सरी स्थापना गरिएको छ । समुन्द्री सतहदेखि १७०० मिटर उचाइमा रहेको फलाटेमा झण्डै १३० बर्गमिटरको क्षेत्रफलमा नर्सरी स्थापना गरिएको हो । गाउँपालिका अध्यक्ष चित्र बहादुर चलाउने, उपाध्यक्ष पुष्पा कुमारी बोहरा, प्रमुख प्रशासकीय अधिकृत हरिजंग चन्दले पहिलो पटक सुन्तलाको विजारोपन गरी नर्सरीको स्थापना गरिएको हो । नर्सरीमा सम्पुर्ण रूपमा जैविक तथा प्राङ्गारिक मल प्रयोग गरिएको र सिद्ध कुमाख गाउँपालिका भित्रका विभिन्न सुन्तला वगैँचाबाट सुन्तला खरिद गरि बिज तयार पारिएकाे गाउँपालिका कृषि शाखामा कार्यरत ना.प्रा.स. भिमसेन विकले जनाउनु भयो । सुन्तलाको विज बनाउदा प्रयोग गरिएका सुन्तलाबाट झण्डै २०० लिटर सुन्तला जुस बनाइएको, कागती बाट अचार बनाइएको र यो सम्वन्धि OJT मा रहेका विद्यार्थिहरूलाइ सिपमूलक तालिम समेत दिइएको कृषि शाखा प्रमुख नेत्रलाल घर्तिले बताउनु भयो । पहिलोपटक स्थापना गरिएको बनस्पति नर्सरीमा सून्तला, कागती, ज्यामिर र टिमुरको विजारोपन गरिएको छ । नर्सरीबाट एक लाख विरूवा उत्पादन गर्ने र बार्षिक झण्डै २० लाख अार्थिक अाम्दानी गर्ने लक्ष्य लिएको उहाँले जानकारी दिनुभयो । सिद्ध कुमाख गाउँपालिकालाइ कृषिबाट नै समृद्ध बनाउन सकिने भएकाले अन्य ठाउँमा पनि नर्सरी स्थापना गरिने अध्यक्ष चित्र बहादुर चलाउनेले बताउनु भयो । यो ठाउकाे हावापानी राम्रो भएकाले अन्य विभिन्न दुर्लभ जातका विरूवाहरू पनि यहाँबाट उत्पादन गर्न सकिने प्रमुख प्रशासकीय अधिकृत हरिजंग चन्दले जनाउनु भयो । नर्सरीको लागि अावश्यक पर्ने सिंचाइ फलाटेमा निर्माण हुन लागेको लिफ्ट सिस्टम खानेपानी योजनाबाट मिलाइने उपाध्यक्ष पुष्पा बोहराले बताउनु भएको छ ।

आर्थिक वर्ष: