FAQs Complain Problems

सिद्ध कुमाख गाउँपालिकामा सावुन बन्यो

सिद्ध कुमाख गाउँपालिकाको आयोजना र गाउँपालिका भित्रका अपाङ्गता भएका व्यक्तिहरूको सक्रिय सहभागितामा ७ दिने सावुन बनाउने तालिम सम्पन्न भएको भएको छ । अपाङ्गता भएका व्यक्तिहरूमा पनि केही नयाँ काम गर्ने क्षमता हुन सक्छ भन्ने यस तालिमबाट सिद्ध भएको छ । गाउँपालिका भित्रका १८ जना अपाङ्गता भएका व्यक्तिहरूले ७ दिन सम्मको तालिममा झण्डै १००० वटा सावुन तयार पारेका छन । तालिम समापनको अवसरमा बोल्दै गाउँपालिका अध्यक्ष चित्र बहादुर चलाउनेले यस तालिमबाट सिप सिकेर व्यवसायिक रूपमा उद्योग सन्चालन गर्न चाहने सहभागिहरूलाइ गाउँपालिकाले कच्चा पदार्थ किन्न अनुदान दिने बताउनुभयो । हरेक दिन हरेकको घरमा सावुन खपत हुने हुदाँ बजारीकरणको कुनै समस्या नहुने उहाँले बताउनुभयो । त्यसैगरी गाउँपालिकाले विभिन्न क्षमता भएका व्यक्तिहरूको लागि मागमा आधारित सिप तथा तालिमहरू आयोजना गर्ने हुदाँ आफुले सिक्न चाहेको तालिमको बारेमा गाउँपालिकामा आएर माग गर्न उपाध्यक्ष पुष्पा कुमारी बोहराले जानकारी दिनुभयो । बजारमा पाइने सावुन र यहाँ स्थानीय स्तरमा बनाएको सावुनमा कुनै फरक नभएको र यहाँ बनाउदा रोजगारी समेत सृजना हुने प्रमुख प्रशासकीय अधिकृत हरिजंग चन्दले बताउनु भएको छ । किनेर प्रयोग गर्नेबाट आज आफै बनाएर प्रयोग गर्ने बन्नु समृद्ध समाजको उदाहरण भएको तालिममा सहभागिहरुले बताएका छन । आफ्नो क्षमता पहिचान गरि गाउँपालिकाले सावुन बनाउने तालिम आयोजना गरिदिएकोमा सहभागिहरुले खुशि व्यक्त गरेका छन साथै कच्चा पदार्थ ल्याउने बातावरण मिलाइदिएमा सावुन वनाउने उद्योग खोल्ने समेत जाहेर गरेका छन । ७ दिन सम्म संचालन भएको तालिममा दमाचौरमा सावुन बनाउने उद्योग खोलेका उद्यमी दिपक विकले प्रशिक्षन दिनुभएको थियो भने विमला खत्रीले तालिमको सहजीकरण गर्नुभएको थियो ।

आर्थिक वर्ष: