FAQs Complain Problems

सिद्ध कुमाख गाउँपालिकामा शुरू भयो प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

 

"स्वास्थ्यका लागि खेलकुद रास्ट्रका लागि खेलकुद" भन्ने मुल नाराका साथ दौड, कपर्दी, लंगजम्प, हाइजम्प, भलिबल लगाएतका ९ वटा खेलहरू समाबेश गरेर सिद्ध कुमाख गाउँपालिकाको ढोरचौरमा प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरू भएको छ । प्रतियोगिताको कर्णाली प्रदेश सभा सदस्य एवंम ने.क.पा. संसदिय दलका प्रमुख सचेतक गुलाबजंग शाहले उद्घाटन गर्नुभयो ।समुद्घाटन समारोहमा सिद्ध कुमाख गाउँपालिका अध्यक्ष चित्र बहादुर चलाउने, उपाध्यक्ष पुष्पा कुमारी बोहरा, सामाजिक विकास समिति संयोजक तथा २ नं. वडाध्यक्ष रूद्र बहादुर बुढाथोकी, १ नं. वडाध्यक्ष राम बहादुर बस्नेत, ३ नं. वडाध्यक्ष शालिकराम बुढाथोकी, ५ नं. वडाध्यक्ष नन्दलाल बोहरा लगाएत जनप्रतिनिधि, शिक्षक, खेलाडीहरूको उपस्थिति रहेको थियो ।प्रतियोगित उद्घाटन समारोहको अवसरमा अन्तराष्ट्रिय क्रिकेट खेलाडी अविनाश बोहरालाइ नगत रू ५० हजार सहित सम्माण गरिएको थियो । सिद्ध कुमाख गाउँ कार्यपालिकाको आयोजनामा मिति २०७६ बैशाख २७ गतेदेखि सञ्चालन भएको प्रतियोगिता ३ दिनसम्म चल्ने रनिङ शिल्ड प्रतियोगतिता कार्यक्रमका संयोजक तथा सामाजिक विकास समिति संयोजक रूद्र बहादुर बुढाथोकीले जानकारी दिनुभएको छ। मार्चपास बाट सुरू भएको प्रतियोगितामा सिद्ध कुमाख गाउँपालिका अन्तर्गतका ५ वटा माध्यमिक विद्यालयबाट सहभागिता जनाएका छन । प्रतियोगिताको अन्तिम दिन (बैशाख २९ गते) सिद्ध कुमाख गाउँपालिका भित्रका विभिन्न साँस्कृतिक झाँकी तथा नृत्यहरू प्रस्तुत गरी प्रतियोगिताका विजयीहरूलाइ पुरस्कार वितरण गर्ने जनाइएको छ ।

आर्थिक वर्ष: