FAQs Complain Problems

सिद्ध कुमाख गाउँपालिकामा प्रथम रास्ट्रपति रनिङ शिल्ड समापन

"स्वास्थ्यका लागि खेलकुद रास्ट्रका लागि खेलकुद" भन्ने मुल नाराका साथ सिद्ध कुमाख गाउँपालिकाको ढोरचौरमा मिति २०७६ बैशाख २७ गतेदेखि सुरू भएको प्रथम रास्ट्रपति रनिङ शिल्ड (गाउँपालिका अन्तर माध्यमिक बिधालय स्तरिय खेलकुद) प्रतियोगिताको बैशाख २९ गते लोक सास्कृतिक कार्यक्रमका बिच समापन गरिएको छ ।
समापन कार्यक्रममा बोल्दै सभाअध्यक्ष / गाउँपालिका अध्यक्ष चित्र बहादुर चलाउनेले गाउँपालिकामा खेलकुद विकास कार्यमा हातेमालो गरेर अगाडि बढ्न अनुरोध गर्नु भएको थियो ।
उहाँले पाँच बर्ष भित्र सिद्ध कुमाख गाउँपालिकालाई समृद्ध गाउँपालिका बनाउने अभियानमा लागेको बताउदै उक्त कार्यमा सबैलाई साथ दिन अनुरोध गर्नु भएको थियो । लोक सस्कृति बचाउन गाउँपालिकाले सास्कृतिक प्रवधन कार्यक्रम राखेको पनि जनाउनु भयो साथै आगामी दिनहरूमा कला सस्कृति बचाउनको लागि गाउँपालिका सधै लागिपर्ने विश्वस्त पार्नुभएको छ ।
सिद्ध कुमाख गाउँपालिका अध्यक्ष चित्र बहादुर चलाउने, उपाध्यक्ष पुष्पा कुमारी बोहरा, खेलकुद संयोजक रूद्र बहादुर बुढाथोकी लगाएत अतिथिहरूले प्रतियोगितामा बिजय भएका खेलाडीहरुलाई पुरस्कार प्रथम रास्ट्रपति रनिङ शिल्ड, ट्रफी,मेडल,प्रमाणपत्र बितरण गर्नु भएको थियो ।साथै सास्कृतिक झाँकीहरू सोरठी, पैसरी, मयुर, सिंगारू, टप्पा, पञ्चेबाजा नाँचहरू पस्तुत गर्ने सम्पुर्ण समुहहरूलाइ पनि नगत सहित सम्माण गरिएको थियो ।

यस्तो छ खेलकुदको नतिजा ५ मा.बि. को
छात्र भलिबल प्रतियोगिता
प्रथम : निराजन मा वि ढोरचौर सल्यान
दोस्रो : देउराली मा वि कूयाँझोल सल्यान
तेस्रो : नेपाल राष्ट्रिय मा वि बडाकाँडा
....................................
छात्रा भलिबल अन्तर्गत
प्रथम : देउराली मा वि कूयाँझोल सल्यान
दोस्रो : महेन्द्र आदर्श मा वि बाझकाँडा
तेसो : सिद्ध मा वि भँडारे
............................................................
छात्र कपर्दी प्रतियोगिता
प्रथम : निराजन मा वि ढोरचौर सल्यान
दोस्रो : देउराली मा वि कूयाँझोल सल्यान
तेस्रो : सिद्ध मा वि भँडारे
....................................
छात्रा कपर्दी अन्तर्गत
प्रथम : निराजन मा वि ढोरचौर सल्यान
दोस्रो : सिद्ध मा वि भँडारे
तेसो : देउराली मा वि कूयाँझोल सल्यान

............................................................
दौड ४०० मिटर छात्र
प्रथम : अर्जुन वली निराजन मा वि ढोरचौर
दोस्रो : झक्कु बस्नेत सिद्ध मा वि भँडारे
तेस्रो : रत्न बहादुर रोका नेपाल राष्ट्रिय मा वि बडाकाँडा
.........................................
दौड ४०० मिटर छात्रा
प्रथम : सृजना विष्ट निराजन मा वि ढोरचौर
दोस्रो : माया बोहरा नेपाल राष्ट्रिय मा वि बडाकाँडा
तेस्रो : गंगा चलाउने देउराली मा वि कुयाँझोल
.........................................
दौड २०० मिटर छात्र
प्रथम : झक्कु बस्नेत सिद्ध मा वि भँडारे
दोस्रो : रत्न बहादुर रोका नेपाल राष्टिय मा वि बडाकाँडा
तेस्रो : दिपक बोहरा निराजन मा वि ढोरचौर
.........................................
दौड २०० मिटर छात्रा
प्रथम : गंगा चलाउने देउराली मा वि कुयाँझोल
दोस्रो : माया बोहरा नेपाल राष्टिय मा वि बडाकाँडा
तेस्रो : अनु गिरी निराजन मा वि ढोरचौर
..........................................
दौड १०० मिटर छात्र
प्रथम : झक्कु बस्नेत सिद्ध मा वि भँडारे
दोस्रो : रत्न बहादुर रोका नेपाल राष्टिय मा वि बडाकाँडा
तेस्रो :.कैलाश बुढाथोकी निराजन मा वि ढोरचौर
........................................
दौड १०० मिटर छात्रा
प्रथम : अनु गिरी निराजन मा वि ढोरचौर
दोस्रो : माया बोहरा नेपाल राष्टिय मा वि बडाकाँडा
तेस्रो : छायाँ चलाउने सिद्ध मा वि भँडारे
.........................................
ट्रिपलजम्प छात्र
प्रथम : अनिल चलाउने सिद्ध मा वि भँडारे
दोस्रो : यमराज चन्द निराजन मा वि ढोरचौर
तेस्रो : रोशन चन्द महेन्द्र आदर्श मा वि बाँझकाँडा
.........................................

ट्रिपलजम्प छात्रा
प्रथम : गंगा चलाउने देउराली मा वि कुयाँझोल
दोस्रो : नुमा बोहरा निराजन मा वि ढोरचौर
तेस्रो : प्रिती घर्ती महेन्द्र आदर्श मा वि बाँझकाँडा
.........................................
हाईजम्प छात्र
प्रथम : प्रदिप योगी निराजन मा वि ढोरचौर
दोस्रो : निमलाल चलाउने देउराली मा वि कुयाँझोल
तेस्रो : हरि बुढाथोकी सिद्ध मा वि भँडारे
.........................................
हाईजम्प छात्रा
प्रथम : पुष्पा बस्नेत नेपाल राष्ट्रिय मा वि बडाकाँडा
दोस्रो : सरीता रोका देउराली मा वि कुयाँझोल
तेस्रो : बिमला बुढाथोकी महेन्द्र आदर्श मा वि बाँझकाँडा
……………………………………..
लङ्गजम्प छात्र
प्रथम : नवराज वि क निराजन मा वि
दोस्रो : अनिल चलाउने सिद्ध मा वि भँडारे
तेस्रो : रोशन शाह महेन्द्र आदर्श मा वि बाँझकाँडा
…………………………………….
लङ्गजम्प छात्रा
प्रथम : पुष्पा बस्नेत नेपाल राष्ट्रिय मा वि बडाकाँडा
दोस्रो : सीमा चलाउने देउराली मा वि कुयाँझोल
तेस्रो : प्रिती घर्ती महेन्द्र आदर्श मा वि बाँझकाँडा
…………………………………….
सटपुट छात्र
प्रथम : गणेश बि क नेपाल राष्ट्रिय मा वि बडाकाँडा
दोस्रो : नारायण बुढाथोकी निराजन मा वि
तेस्रो : सन्तोष बुढाथोकी महेन्द्र आदर्श मा वि बाँझकाँडा
…………………………………….
सटपुट छात्रा
प्रथम : सीमा चलाउने देउराली मा वि कुयाँझोल
दोस्रो : बिमला बुढाथोकी महेन्द्र आदर्श मा वि बाँझकाँडा
तेस्रो : रुमा रोका निराजन मा वि ढोरचौर
…………………………………….

१ प्रथम निराजन मा वि ढोरचौर सल्यानः ८ स्वर्ण, ३ रजत, ४ कास्य जम्मा १५
२ द्धितीय देउराली मा वि कुयाँझोल सल्यानः ४ स्वर्ण, ५ रजत, २ कास्य जम्मा ११
३ तृतीय नेपाल राष्ट्रिय मा वि बडाकाँडा सल्यान ३ स्वर्ण ५ रजत २ कास्य जम्मा १०
४ चौथो सिद्ध मा वि भँडारे सल्यान ३ स्वर्ण ३ रजत ४ कास्य जम्मा १०
५ पाँचौ महेन्द्र आदर्श मा वि बाँझकाँडा सल्यान ० स्वर्ण २ रजत ६ कास्य जम्मा ८
सबै गरी १८ स्वर्ण १८ रजत १८ कास्य गरी कुल जम्मा ५४

भलिबल खेलमा
उत्कृष्ट भलिबल खेलाडि छात्र रोशन बि क निराजन मा वि ढोरचौर सिद्ध कुमाख गा पा ३, सल्यान ।
उत्कृष्ट भलिबल खेलाडि छात्रा गंगा चलाउने देउरली मा वि कुयाँझोल सिद्ध कुमाख गा पा २, सल्यान ।

विभिन्न प्रतियोगितामा सहभागिता जनाएर प्रथम रास्ट्रपति रनिङ शिल्ड हात पार्न सफल हुना पुगेकोमा प्रथम निराजन मा बि ढोरचौर ,दोस्रो देउराली मा .बि कुइयाँझोल र तेस्रो नेरा मा. बि बडाकाँडा भएको छ र विभिन्न प्रतियोगितामा सहभागी भएर विभिन्न पदकमा जित हासिल गर्नु हुने विद्यालय तथा विद्यार्थी भाइबहिनीहरु लाई हार्दिक बधाई तथा शुभकामना ।

रनिङ सिल्ड खेल सफल बनाउन सहयोग गर्ने सम्पुर्ण टिमहरू (विद्यालय परिवार, रेफ्रि, सूरक्षाकर्मि, जनप्रतिनिधि, कर्मचारी, बुद्धिजिवि, लगाएत सम्पुर्ण खेलप्रेमीहरू लाइ धेरै - धेरै धन्यवाद
--सिद्ध कुमाख गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय ढोरचाैर, सल्यान

आर्थिक वर्ष: